जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौं भित्र सञ्चालित मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ । एक पटकको खरिदको १०० रुपैयाँसम्म र योजना अवधिभर ३०० रुपैयाँसम्म छुट पाउने जनाइएको छ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।

 

3570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्