जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन् । मर्जर सम्झौता पारित गर्नको लागि दुवै कम्पनीले चैत्र २२ गते बुधबार विशेष साधारणसभा आह्वान गरेका हुन् । आईएमई जनरल इन्स्योरेन्सले लैनचौर ब्याक्वेटमा सभा आह्वान गरेको छ भने इन्स्योरेन्सले सिमराको होटेल इच्छामा साधारणसभा आह्वान गरेको छ ।

दुवै कम्पनीको विशेष साधारणसभामा एक आपसमा मर्जरमा जाने, मर्जर सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जरपछिको कम्पनीको नाम तय गर्ने, स्वाप रेसियो तय गर्ने, संचालकहरु अनुमोदन गर्ने, कम्पनीको अधिकृत पुँजी , जारी पुँजी , चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र मर्जरका सम्पूर्ण बाँकि काम गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव हरु पेश हुने छन् ।

दुवै कम्पनीका अध्यक्षले गत आइतबार अन्तिम मर्जर सम्झौतामा हस्ताक्षर गरेका  थिए। यससँगै नेपालका दुई ठूला व्यवसायिक घराना बिशाल ग्रुप र आइएमई ग्रुपको लगानीको निर्जीवन वीमा कम्पनी देशकै धेरै चुक्तापूंजी भएको कम्पनी बन्ने छ। मर्जर पश्चात बन्ने ‘आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ को चुक्तापुंजी ३ अर्ब २५ करोड पुग्नेछ।

सम्झौताअनुसार दुवै कम्पनीबीच स्वाप अनुपात समान हुनेछ अर्थात एक बराबर एकको स्वाप अनुपात हुनेछ।  मर्जर पश्चात बन्ने आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् भने अध्यक्षमा हेमराज ढकाल हुनेछन्। दुवै कम्पनीबीच ६० दिन भित्र मर्जर सम्बन्धी सम्पूर्ण प्रकृया सकेर एकीकृत कारोबार थाल्ने लक्ष्य लिएको बताएका छन्।

3270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका