अर्थ वाणिज्य
सामसङले ल्याउँदैछ ग्यालेक्सी सिरिजका दुई फाइभजी स्मार्टफोन, कहिले आउला नेपाली बजारमा?
0 टिप्पणी
सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजी नेपाल ल्याउने भएको छ। यी स्मार्टफोनहरुमा तीनवटा लेन्सयुक्त रेयर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता छन्। ग्यालेक्सी ए३४ फाइभजीमा ४८ मेगापिक्सेल प्राइमरी क्यामरा र २ मेगापिक्सेल म्याक्रो लेन्स जडान गरिएको छ। ग्यालेक्सी ए५४ फाइभजीमा भने ५ मेगापिक्सेल म्याक्रो लेन्ससहित ५० मेगापिक्सेलको प्राइमरी क्यामरा जोडिएको कम्पनीले जनाएको छ।
दुवै फोनमा ८ मेगापिक्सेलको अल्ट्रावाइड एंगल लेन्स जडित छ। दुवै स्मार्टफोनमा १२० हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको कम्पनीले जनाएको छ।
पानी र धुलो प्रतिरोधक आइपी ६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङको सिग्नेचर नक्स सेक्युरिटीको स्मार्टफोन डिजाइन गरिएको छ।