जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनएमबि बैंकले ल्यायो ‘कर्णाली विशेष बचत खाता’, यस्ता छन् सुविधाहरु

एनएमबि बैंकले ल्यायो ‘कर्णाली विशेष बचत खाता’, यस्ता छन् सुविधाहरु

एनएमबि बैंकले ‘एनएमबि कर्णाली विशेष बचत खाता’ सञ्चालनमा ल्याएको छ।

पुरातात्विक रुपले सुन्दर कर्णाली प्रदेशको आर्थिक वृद्धिका लागि यो विशेष बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

यो बचत खाता खोल्दा ग्राहकले निःशुल्क डिलाइट कार्ड, क्रोडिट कार्ड, डलर कार्ड तथा ओम्नी च्यानल बैंकिङ सेवा पाउने बैंकले जनाएको छ। डिम्याट र मेरो सेयर सुविधाका साथै निःशुल्क आस्बा सेवा उपलब्ध हुनेछ।

यो खाताअन्तर्गत ओम्नी च्यानल ट्रान्ज्याक्सनमा रु. ५००सम्म आकर्षक क्यास ब्याक अफर पनि रहेको बैंकले जनाएको छ।

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवासुविधा प्रदान गर्दै आएको एनएमबि बैंकले दि फिनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ।

एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

3660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका