जोडिनुहोस
बुधबार, असार ४, २०८२
बुधबार, असार ४, २०८२

हालको खबर

  • होमपेज
  • १९ बीमा कम्पनीको लाभांश घोषणा

१९ बीमा कम्पनीको लाभांश घोषणा

नेपालमा सञ्चालन रहेका १९ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०–८१ को सञ्चित मुनाफाबाट १० जीवन बीमक र नौ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीले नगदमा बढी जोड दिएका छन्, भने पूँजी नपुगेका कम्पनीले तोकेको चुक्तापुँजी पुर्याउने बराबरको मात्रै बोनस घोषणा गरेका छन् । लाभांश प्रस्ताव गरेका बीमकहरुमा अधिकांशले नगद लाभांशमा जोड दिएका छन् ।

जीवन बीमा कम्पनीतर्फ न्यूनतम ८ प्रतिशतदेखि अधिकत २८.४१ प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् । जसमा सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २६.९८४१ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद गरी कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले जसमा १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०र०८१ को मुनाफाबाट शेयरधनीलाई करसहित २१.०५ नगद लाभांश र सूर्यज्योति लाइफले गत वर्षको मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १.२४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कुल ९.२४ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०र०८१ को मुनाफाबाट शेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट करसहित १२.६३१५ प्रतिशत नगद लाभांश र नेशनल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नन लाइफ कम्पनीहरु

निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म नौं कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । कम्पनीहरुले न्यूनतम २.६६ प्रतिशतदेखि अधिकत ३० प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् ।

हिमालन एभरेष्ट इन्स्योरेन्सले गत आवको मुनाफाबाट ८.७५ प्रतिशत करसहितको नगद लाभांश दिने घोषणा गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत र सिद्धार्थ प्रिमियरले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्सले कुल ७.८९४७ प्रतिशत, शिखर इन्स्योरेन्सले १०.५२६३ प्रतिशत, एनएलजी इन्स्योरेन्सले २.६३१६ प्रतिशत, नेको इन्स्योरेन्सले ७.३६८४ प्रतिशत र नेपाल इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश दिने भएका छन् ।

130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका