जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु–महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

भु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ यन्स्योरेन्सले आज संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन्।

नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रुपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन्। प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैतभित्र ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएपछि प्रभु र महालक्ष्मी लाइफ मर्जरको लागि सहमत भएका थिए।

गत असार ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतीय बीमांकीबाट मूल्यांकन प्रतिवेदन आउन ढिलो भएपछि एकीकृत कारोबार केही ढिलो हुन गएको हो।

मर्जरका लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेको कम्पनीले जनाएको छ।

क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशलाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंको पनि उपस्थिति थियो।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्