जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आइएमई पे प्रयोग गर्ने १० भाग्यशालीले सतप्रतिशत क्यासब्याक पाउने

आइएमई पे प्रयोग गर्ने १० भाग्यशालीले सतप्रतिशत क्यासब्याक पाउने

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लमिटिेड”को “आइएमई पे” ले नयाँ वर्ष २०८० लाई स्वागत गर्दै “आइएमई पेसँग २०८०, १००% खुशी” नामक अफर सार्वजनिक गरेको छ ।

२०८० बैशाख १ देखि ३१ गते सम्म सञ्चालन हुने यस अफर अवधिभर प्रत्येक हप्ता आइएमई पेको विभिन्न सेवा सुबिधा प्रयोग गर्ने १० भाग्यशाली सेवाग्राहीहरुले १००% क्यासब्याक प्राप्त गर्नेछन् ।

सो अफरमा सहभागी हुनका लागि सेवाग्राहीहरुले आइएमई पेमार्फत भिसा कार्ड, पि टु पि, क्यु आर, हावाई टिकट खरिद, रेमिट्यान्स लगायत आदी सेवा प्रयोग गरी कारोबार गर्नुपर्नेछ । ग्राहकवर्गलाई आइएमई पेबाट सजिलै विद्युतीय भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यका साथ यो अफर सञ्चालन गरिएको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्घित ‘आइएमई पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटल दुरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

2855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका