सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएकोछ । यसै अनुसार बैंकले बाल विकास समाजलाई आर्थिक सहयोग स्वरुप अक्षररुपी एक लाख पचास हजार रुपैयाँ चेक हस्तान्तरण गरेको हो ।
बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहका बीच बैंकले एक लाख पचास हजार चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेको छ ।
बाल विकास समाजमा रहेका १०० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज श्री गोविन्द विश्वकर्माले जानकारी दिनुभयो । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ ।
यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।