जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सुजुकीका गाडी किन्न चाहनेलाई सजिलै कर्जा दिन कुमारी बैंक र सीजी मोटोकर्पबीच सम्झौता

सुजुकीका गाडी किन्न चाहनेलाई सजिलै कर्जा दिन कुमारी बैंक र सीजी मोटोकर्पबीच सम्झौता

कुमारी बैंक लिमिटेड र सीजी मोटरकर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

सुजुकीको सवारी किन्ने ग्राहकहरुलाई ऋण उपलब्ध गराउन बिहीबार कुमारी बैंक र सीजी मोटोकर्पबीच सम्झौता भएको हो।

मुलुकमा निजी सवारी प्रयोगकर्ता बढेका छन्। ग्राहकको माग पुरा गर्न कुमारी बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने भएको छ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै मूल्यको ७ प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ।

3425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका