विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा दोहोरिएका छन्। संघको ११औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनले शर्माका अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरेको हो।
जसअनुसार वरिष्ठ उपाध्यक्षमा विवेक यादव, उपाध्यक्षमा दीक्षा पौडेल, सचिवमा अनिश खनाल, सहसचिवमा ममताज सइन र कोषाध्यक्षमा सुनिल लाभ चुनिएका छन्।
सदस्यहरुमा तारा पुलामी, दीपक चौधरी र केशव गिरी निर्वाचित भएका छन्।