जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुच्छ्रे बैंकमार्फत कर्जा सुविधा

इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुच्छ्रे बैंकमार्फत कर्जा सुविधा

वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा इकोविट नेपालले पनि यस क्षेत्रमा सानो टेवा पुगोस भनेर इटालियन ब्रान्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ।

पहिलोपटक करिब ८ महिनाअघि नेपाल भित्र्याइएका यी स्कुटरहरु निक्कै बलिया र आकर्षण छन्। ‘सामान्यतयाः बजारमा विद्युतीय स्कुटर भन्नेवित्तिकै कमजोर पो छ कि भन्ने आमबुझाइलाई हाम्रा स्कुटरको गुणस्तरले पक्कै पनि परिवर्तन गर्नेमा हामी विश्वस्त छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

ग्राहकको चाहनालाई मध्यनजर गर्दै कम्पनीले इकोविट ब्रान्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुच्छ्रे बैंकद्वारा क्रेडिट कार्डमार्फत कर्जा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ। सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका केन्द्रिय कार्यालयमा बैंकका डिजिटल बैंकिङका डेपुटी चिफ उज्ज्वल पाण्डे र इकोविट नेपालका प्रबन्ध निर्देशक हारुन खानले हस्ताक्षर गरेका छन्।

कर्जा सुविधाअनुसार इकोविट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउनेछन्। कर्जा सुविधा अनुसार ६ महिनादेखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ। जसअन्तर्गत ग्राहकले सोबापत व्याज तिर्नु पर्दैन। शून्य प्रतिशतको व्याजदरमा उक्त कर्जा उपलब्ध गराइनेछ।

हाल इकोविट विद्युतीय स्कुटर खरिदमा मनसुन अफरसमेत सञ्चालनमा रहेको छ। यसका साथै एक्स्चेन्जको सुविधासमेत उपलब्ध रहेको छ।

1975
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका