जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई क्लासिक उद्योगमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई क्लासिक उद्योगमा विशेष छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले क्लासिक उद्योगमा विशेष छुट पाउने भएका छन्। छुटसम्बन्धी सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले क्लासिक उद्योगमार्फत उत्पादन गरिएको Mattresses खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो।

आगामी दिनहरुमा पनि कुमारी बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरुमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने जनाएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा सञ्जाल, ३०७ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६३ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

3440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका