जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि सतप्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ।

उक्त पुनर्जागरण अभियान यही असोज १६ गतेदेखि २६ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ। पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एकपटकमात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ।

कुनै पनि बीमालेख ब्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो मौकाको फाइदा लिई बीमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ।

हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको कम्पनीको मान्यता छ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका