जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सिभिल लघुवित्तको हकप्रदमा आवेदन दिने मिति थप

सिभिल लघुवित्तको हकप्रदमा आवेदन दिने  मिति थप

सिभिल लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयरमा आवेदन दिने समय अवधि थप गरेको छ। लघुवित्तले हकप्रद शेयरमा आवेदन दिने अवधि १५ दिन थप गरी भदौ २९ गतेसम्म पुर्याएको छ ।

लघुवित्तले गत साउन २५ गतेदेखि १ बराबर १ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो।

कम्पनीले भदौ १४ गतेसम्म आवेदन माग गरेको थियो तर सञ्चालक समितिको बैठकले १५ दिनसमय अवधि थप गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

उक्त हकप्रद सेयरमा असार १४ गते सम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्म्पनीले असार १५ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो ।

लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। हकप्रदमा सेञ्चुरी क्यापिटल, सिभिल लघुवित्तका सम्पूर्ण शाखा कार्यालय लगाएत धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था बाहेक मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले लघुवित्तको हकप्रद निष्काशनलाई केयर एनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङले लघुवित्तको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।

लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट फागुन १४ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो। हाल ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

15220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका