जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कुमारी बैंकको १.१५ लाख बढी कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको १.१५ लाख बढी कित्ता सेयर बिक्रीमा

कुमारी बैंकको १ लाख १५ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित बैंकको प्रधान कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?