जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकले पनि घटायो ब्याजदर

एभरेष्ट बैंकले पनि घटायो ब्याजदर

एभरेष्ट बैंक लिमिटेडले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको मुद्दति निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गरिने छ । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ७ प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा पनि अधिकतम ५ प्रतिशत दिदैं आएको थियो भने रेमिट्यान्स खातामा पनि ७ प्रतिशत ब्याजदर नै रहेको थियो।

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ९ प्रतिशत ब्याजदर तय गरेको छ । मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ७ प्रतिशत ब्याज पाउने छन् ।

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा ३.५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। बैंकको हाल आधार दर भने ९.४१ प्रतिशत रहेको छ।

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ९.२२४ र संस्थागतमा ७.२२४ प्रतिशत ब्याज दिंदै आएको थियो ।

हेर्नुहोस सूचना 

3725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका