जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले पनि घटायो मंसिर महिनाका लागि ब्याजदर

मुक्तिनाथ विकास बैंकले पनि घटायो मंसिर महिनाका लागि ब्याजदर

मुक्तिनाथ विकास बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा बैंकको मंसिर महिनाको मुद्दति निक्षेपको ब्याजदर घटाएको छ।

बैंकले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा अधिकतम ६.४० प्रतिशत ब्याजदर प्रदान गरिने छ । तेस्तै साधारण रेमिट्यान्स बचतमा भने ७.४० प्रतिशत ब्याज प्रदान गरिनेछ । कात्तिक महिनामा पनि अधिकतम ७.२५ प्रतिशत दिदैं आएको थियो भने रेमिट्यान्स खातामा पनि ८.२५ प्रतिशत ब्याजदर रहेको थियो।

बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ९.४० प्रतिशत ब्याजदर तय गरेको छ । मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ७.४० प्रतिशत ब्याज पाउने छन् ।

बैंकका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा ६ प्रतिशतसम्म प्रिमियम तिकिनेछ।

बैंकले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा १०.२५ र संस्थागतमा ८.२५ प्रतिशत ब्याज दिंदै आएको थियो ।

हेर्नुहोस सूचना

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्