जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १०% बोनस सेयर पारित

नेपाल इन्स्योरेन्सको ७५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित गरेको छ ।यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ छ । १० प्रतिशत बोनसपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४१ लाख रुपैयाँभन्दा बढी हुनेछ ।

त्यस्तै, सभाले जाजरकोट भूकम्पपीडितलाई राहत स्वरुप २५ लाख रुपैयाँ प्रदान गरिएकोमा उक्त प्रस्तावलाई अनुमोदन गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाँउपालिका वडा नं ०१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरुलाई प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमार्फत् राहत स्वरुप उक्त रकम दिएको थियो ।

4090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?