जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकद्वारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता आयोजना

माछापुच्छ्रे बैंकद्वारा अन्नपुर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता आयोजना

माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । स्थानिय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा कम्पनीले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमका साथै जोखिम न्यूनीकरणका उपायहरुका बारेमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी होटल व्यवसायी तथा अन्य व्यवसायी बीच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो । नगदको विकल्पमा नयाँ र प्रयोग गर्न अति नै सहज मानिएको क्यूआर, पीओएस, एनएफसी सेवाको महत्वबारे सहभागीलाई अवगत गराइएको कम्पनीले बताएको छ । अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेष्टुरेन्टहरु सञ्चालनमा छन्।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?