जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा सहकारीका अध्यक्ष पक्राउ

बचतकर्ताको १२ करोड ३५ लाख हिनामिना गरी फरार भएका रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बचतकर्ताको जाहेरीका आधारमा संस्थाका अध्यक्ष हर्कबहादुर कठायत र सदस्य विनोदकुमार ओझालाई पुस १८ गते पक्राउ गरेको हो । काठमाडौंको तीनकुनेमा केन्द्रीय कार्यालय स्थापना गरी जोरपाटी र भक्तपुरबाट बचतकर्ताको रकम संकलन गर्दै आएको रियल गोर्खाका अध्यक्षसहितका सञ्चालक रकम हिनामिना गरी फरार भएका थिए ।

बचतकर्तालाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका रकम संकलन गरेका बचतकर्ताले अध्यक्षसहितका सञ्चालक फरार भएपछि प्रहरीमा उजुरी दिएका थिए ।जम्मा गरेको रकमको साँवा, ब्याज पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएपछि उनीहरु प्रहरीको शरणमा पुगेका थिए । सहकारीबाट पीडित बचतकर्ताहरुलाई यथाशीघ्र सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका