जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सगरमाथा लुम्बिनी २८ औं वर्षमा प्रवेश

सगरमाथा लुम्बिनी २८ औं वर्षमा प्रवेश

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘सलिको’ २७ वर्ष पुरा गरेर २८ औं वर्षमा प्रवेश गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकिकरण भइ कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सलिको मार्फत थप सशक्त, सवल, गतिशील र विश्वसनीय बीमा सेवा उपलब्ध गराउने कम्पनीले प्रण गरेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक यात्रामा निरन्तर साथ र सहयोग पुर्याउने सम्पुर्ण ग्राहकवर्ग, शेयरधनी तथा सवेश्चछुकहरु प्रति कृतज्ञता व्यक्त गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ खर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले बीमितलाई तीन अर्ब ९ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । एक वर्षको अवधिमा ३ लाख ११ हजार ३५८ वटा बीमालेख जारी गर्न सफल भएको छ । कम्पनीले ११३ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा सेवा सञ्चालन गर्दै आइरहेको छ । यसका लागि कम्पनीमा ६३७ जना जनशक्ति समर्पित छन् ।

मर्जर पश्चात २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी कायम भएको छ भने नेटवर्थ ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । निर्जीवन बीमा व्यवसायमा अग्रणी र छुट्टा छुट्टै इतिहास बनाएका दुई कम्पनीको मर्जरले थप सिनर्जी प्राप्त भएको छ । यस वर्ष कम्पनीले चार/पाच वटा विपद सहन गर्नु पर्यो । लगातार भइरहेको हेलिकप्टर दुर्घटनाको दाबी भुक्तानी गर्नु पर्ने अवस्थाका बाबजुद पनि कम्पनीले यस वर्ष उल्लेख्य व्यवसाय गर्न सफल भएको हो । हवाइ दुर्घटनाकै कारण दाबी भुक्तानी रकम बढेको हो ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लाभांश वितरणदेखि लिएर निर्जीवन बीमा सेवा तर्फ पनि अग्रणी रहदै आएको छ । त्यस्तै प्रथम गभर्नर हिमालयन समेशेरले स्थापन गरेको लुम्बिनीले पनि बजारमा छुट्टै छाप छाड्दै आएको थियो । यदि बजारमा छुट्टा छुट्टै पहिचाहन बनाएका दुई कम्पनीको मर्जरले बीमा बजारमा पनि राम्रो टेवा पुर्याएको छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?