जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राजश्व सम्बन्धि महत्त्वपूर्ण विभागका हाकिम फेरीए 

राजश्व सम्बन्धि महत्त्वपूर्ण विभागका हाकिम फेरीए 

राजश्व सम्बन्धि महत्त्वपूर्ण विभागका हाकिमहरु फेरिएका छन्। अर्थमन्त्री ड़ा प्रकाश शरण महतले शुक्रबार एक मन्त्रिस्तरीय निर्णय गर्दै आन्तरिक राजश्व र अन्तराष्ट्रिय  विमानस्थल भन्सारका हाकिम हेरफेर गरेका हुन्। 

शुक्रबारको मन्त्रिस्तरीय निर्णयअनुसार आन्तरिक राजश्व बिभागमा दीर्घराज मैनालीको ठाउँमा बैंक वित्तीय समन्वय महाशाखामा रहेका भुपाल बराललाई ल्याइएको छ। मैनालीलाई अर्थमन्त्रालय मातहतको सार्वजनिक ऋण व्यवस्थापनमा सरुवा गरिएको छ। 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सारका प्रमुख टाेकराज पाण्डेको ठाउँमा भन्सार बिभागका उपमहानिर्देशक सेवन्तक पोखरेललाई ल्याइएको छ। पाण्डेलाई अर्थ मातहतको प्रशासन महाशाखाको जिम्मा दिइएको छ।  

3560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्