जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकका सेयरधनीलाई ६.४०% लाभांश

महालक्ष्मी विकास बैंकका सेयरधनीलाई ६.४०% लाभांश

महालक्ष्मी विकास बैंकका सेयरधनीले ६.४० प्रतिशत नगद लाभांश पाउने भएका छन्। बैंकको बाइसौं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो।

बैंकका सञ्चालक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौरमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ। बैंकको लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, आव २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।

यसैगरी वार्षिक संचालक समितिको प्रस्तावअनुसार सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ। सभाले आव २०८०/८१ मा बैंकको लेखा परीक्षण गर्न जेबी राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ। साथै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ।

2865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका