जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्रिय जीवन बीमा कम्पनी ५७ औँ वर्षमा प्रवेश, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

राष्ट्रिय जीवन बीमा कम्पनी ५७ औँ वर्षमा प्रवेश, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

राष्ट्रिय जीवन बीमा कम्पनीले आज फागुन ११ गतेबाट ५६ वर्ष पूरा गरी ५७ औँ वार्षमा प्रवेश गरेको छ। सरकारी स्वामित्वको यो कम्पनी बीमा सेवा प्रदायकका रुपमा साबिक राष्ट्रिय बीमा संस्थानका रुपमा सञ्चालनमा रहेको थियो। यो संस्थान गत कात्तिक २० गतेदेखि कम्पनीमा रुपान्तरण भएको हो। हाल कम्पनीको कामु सीईओमा महेश रिजाल छन्।

कम्पनीमा हाल ३ लाख बढी पोलिसीधारक छन्। कम्पनीले देशभर २२ वटा शाखा कार्यालयबाट १३ वटा बीमा पोलिसी बिक्रीवितरण गर्दै आएको छन्। हाल कम्पनीमा ५ हजार ८६० जना अभिकर्ता छन्।

राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड १० लाख रुपैयाँ शेयरपुँजी रहेको छ। कम्पनीको जगेडा कोषमा ४९ करोड ८० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले ६ अर्ब ४१ करोड ४७ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्त्वलाई जनमानसमा बोध गराउँदै कम्पनीले नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाका माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोतको परिचालन गरी अर्थतन्त्रको सुदृढीकरण गर्न कम्पनीले सशक्त भूमिका निर्वाह गर्दै आएको छ।

कम्पनीको यस अभियानमा सहयोग पुरÞ्याउने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्था, संस्थागत तथा व्यक्तिगत बीमित, अभिकर्ता, पुनर्बीमकलगायत सबै सरोकारवाला र शुभचिन्तकमा कम्पनीले आभार प्रकट गरेको छ।
आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवा अझ छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउँदै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका