जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन व्यवस्थापन समिति गठन गर्दै राष्ट्र बैंक

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्स चलाउन व्यवस्थापन समिति गठन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक नियुक्त गर्ने भएको छ । संस्था सञ्चालन तथा व्यवस्थापनका लागि दुई जना सम्मिलित व्यवस्थापन समूहमा संयोजक पदपूर्ति गर्न सूचना आह्वान गरेको हो । व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव प्राप्त गरेको बैंकिङ विज्ञले आवेदन दिने सक्ने राष्ट्र बैंकले जनाएको छ ।

न्युनतम सेवा अवधि एक वर्ष रहने र ६÷६ महिनाका लागि दुईपटक सेवा अवधि नवीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । दर्खास्त दिने उम्मेदवार ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

3415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्