जोडिनुहोस
आइतवार, मंसिर २, २०८१
आइतवार, मंसिर २, २०८१

हालको खबर

  • होमपेज
  • नगद रहित भुक्तानी प्रणालीमा प्रभु बैंकको जोड, कागबेनी मन्दिरमा राख्यो क्यूआर स्ट्याण्ड

नगद रहित भुक्तानी प्रणालीमा प्रभु बैंकको जोड, कागबेनी मन्दिरमा राख्यो क्यूआर स्ट्याण्ड

प्रभु बैंकले नगद रहित भुक्तानी प्रणालीका लागि मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–०४, कागबेनीमा “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ ।

बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई एक समारोहका बिच क्युआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

बैंकले हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।

मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि प्रभु बैंक सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् । मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

1385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका