जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्वः पर्सा प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण

हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्वः पर्सा प्रहरीलाई गोप्रो क्यामरा हस्तान्तरण

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई तीन लाख सात हजार पाँच सय रुपैयाँ बराबरको चेस्ट स्ट्रयापसहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्साको अनुरोधमा पर्सा जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न बैंकले जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई सो सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख प्रशासकीय अधिकृत पवन अग्रवाल र बैकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले सहयोग स्वरुप सो क्यामरा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेललाई एक समारोहको बीच हस्तान्तरण गरे । उक्त समारोहमा बैंकका तथा जिल्ला प्रहरी कार्यालयका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

3050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्