सिटिजन्स बैंक इन्टरनेशनल र जनकपुरधाम, धनुषाको जनकपुरधामस्थित काभ्या हस्पिटल बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी अनुसार अब कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काभ्या हस्पिटलका सेवामा २५ प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू वेबसाइटमा पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
कम्पनीले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख ४२ हजार ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको कम्पनीले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने योजना रहेको पनि उल्लेख गरेको छ ।