जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • आइएमएफको प्रतिवेदनः ‘थोक तथा खुद्रा व्यवसायहरूको कारण खराब कर्जा बढ्यो’

आइएमएफको प्रतिवेदनः ‘थोक तथा खुद्रा व्यवसायहरूको कारण खराब कर्जा बढ्यो’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले थोक तथा खुद्रा व्यवसायहरूको कारण बैंकहरुको खराब कर्जा बढेको जनाएको छ । नेपालका लागि विस्तारित कर्जा सुविधाको चौथो किस्ता स्वीकृत गर्नुअघि गरेको अध्ययनले यस्तो देखाएको हो।
आइएमएफले केही दिन अघि नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा सुविधा (इसिएफ) अन्तर्गतको चौथो किस्तामा ४ करोड १३ लाख डलर (५ अर्ब ४५ करोड रूपैयाँ) दिन सहमति जनाएको थियो ।

आइएमएफको उक्त अध्ययन प्रतिवेदनले बैंकहरूको कुल खराब कर्जामा थोक तथा खुद्रा व्यवसायहरूको हिस्सा एक तिहाई बराबर अर्थात् १.२९ प्रतिशत रहेको उल्लेख गरेको छ।
खुद्रा व्यवसायपछि कृषि र कृषिसँग सम्बन्धित उत्पादन क्षेत्रको खराब कर्जाको हिस्सा धेरै (१० प्रतिशत) छ।

कुल खराब कर्जामा यो क्षेत्रबाट खराब भएको कर्जा ०.५८ प्रतिशत छ। त्यस्तै, निर्माण क्षेत्रबाट भएको खराब कर्जाको हिस्सा १० प्रतिशत बराबर छ। त्यस्तै, गैर खाद्य उत्पादक क्षेत्रबाट ०.३१ प्रतिशत बराबरको कर्जा खराब भएको छ ।
बैंकिङ प्रणालीबाटै गएको ६० प्रतिशत बराबर कर्जा लगानी गरेका १० बैंकको तथ्यांकले यस्तो देखाएको प्रतिवेदनमा उल्लेख छ।

325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?