जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकद्वारा असर्फी खरिद गर्दा परिचय पत्रको अनिवार्य व्यवस्था लागू 

राष्ट्र बैंकद्वारा असर्फी खरिद गर्दा परिचय पत्रको अनिवार्य व्यवस्था लागू 

नेपाल राष्ट्र बैंकले असर्फी खरिदका लागि अनिवार्य परिचय पत्र चाहिने व्यवस्था लागू गरेको छ ।

केन्द्रीय बैंकको टक्सार महाशाखाले ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनिवार्य रुपमा नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा चालक अनुमति पत्रको आवश्यकता पर्ने उल्लेख गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले महत्वपूर्ण सामान बिक्रीगर्दा कम्प्यूटर बिलिङ्ग उपलब्ध गराइने व्यवस्था मिलाइएकोले परिचय पत्रको आवश्यकता परेको बताएको छ ।

त्यस्तै  विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

2745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?