जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • १९ जीवन बीमा कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्सको ६ सूचाङ्कमा छलाङ्ग, बीमा शुल्कमा नेपाल लाईफ इन्स्योरेन्स अब्बल, एशियन लाईफले दियो चुनौती!

१९ जीवन बीमा कम्पनीमा नेशनल लाईफ इन्स्योरेन्सको ६ सूचाङ्कमा छलाङ्ग, बीमा शुल्कमा नेपाल लाईफ इन्स्योरेन्स अब्बल, एशियन लाईफले दियो चुनौती!

नेपालका १९ जीवन बीमा कम्पनीहरुले आ–आफ्ना वित्तिय विवरण बाहिर ल्याएका छन् यी मध्ये नेपालको पूरानो राष्ट्रिय वाणिज्य बैंकको लगानी रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ६ वटा सूचाङ्कमा सबै भन्दा उत्कृष्ट रहेको भेटिएको छ भने प्रिमियम संकलनमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले छलाङ्ग नै मारेको छ भन्दा अब फरक पर्दैन । यि दुई कम्पनीलाई चुनौती दिँदै एशियन लाईफ इन्स्योरेन्स कम्पनी बजारमा आएको छ भन्दा अब अन्यथा नहोला । हेक्का होस् । सधैं नम्बर वान बन्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई यस पटक नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चुनौती मात्रै दिएको छैन । छ वटा सुचाङ्कमा छलाङ्ग नै मारेर नम्बर वान बनेको छ भन्दा अब फरक पर्दैन ।

नेपालका १९ जीवन बीमा कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स अघिकांश सूचकमा अग्रस्थानमा रहेको भेटिएको छ । सम्बन्धित कम्पनीले प्रकाशित गरेका गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार शीर्ष चार कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडी रहेको देखिन्छ । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् । नेपाल लाइफ इन्स्योरेन्स कमपनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन र एशियन लाइफमध्ये नेशनल लाइफ इन्स्योरेन्स मूख्य सूचाङ्कमा अगाडि छ । गत असारसम्मको विवरण अनुसार नेशनल लाइफ खुद नाफा, जगेडा कोष, प्रिमियम वृद्धिदर, प्रोभिजन फर लस, प्रतिसेयर आम्दानी र बोनसदरमा सबैभन्दा शीर्ष स्थानमा आएको छ भन्दा अब फरक पर्दैन ।
कुनै पनि कम्पनी वा संस्थाले वर्षभरी आर्जन गरेको रकम जसमा खर्च भएको रकम कटाएर बाँकी रहेको रकमलाई खुद नाफा भनिन्छ । यसको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन पनि ८ करोड ७४ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । एशियन लाइफले भने १६ करोड ९४ लाख रुपैयाँ नाफामा गएको छ भन्दा अब फरक पर्दैन । यी ३ वटा कम्पनीलाई चुनौती दिँदै एशियन लाईफ अगाडी देखिएको छ भन्दा फरक पर्दैन । यद्यपि यो नाफा एक्चुरी अघिको हो । जीवन बीमा कम्पनीको हकमा कम्पनीहरुले प्रत्येक वर्ष एक्चुरी भ्यालुएसन गर्नुपर्ने हुन्छ । उक्त भ्यालुएसन पश्चात भने कम्पनीहरुको नाफा बढ्ने गरेको इतिहास छ ।

आर्थिक वर्ष २०७८÷७९ मा नेशनल लाइफ इन्स्योरेन्सले ४० करोड ८८ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षमा अधिकांश सूचकमा अग्रस्थानमा रहेको नेपाल लाइफ भने नोक्सानमा रहेको देखिन्छ । सो अवधिमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन पनि ८ करोड ७४ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । एशियन लाइफले भने १६ करोड ९४ लाख रुपैयाँ नाफामा गएको छ भन्दा अब फरक पर्दैन । यी ३ वटा कम्पनीलाई चुनौती दिँदै एशियन लाईफ अगाडी देखिएको छ भन्दा फरक पर्दैन । यद्यपि यो नाफा एक्चुरी अघिको हो । जीवन बीमा कम्पनीको हकमा कम्पनीहरुले प्रत्येक वर्ष एक्चुरी भ्यालुएसन गर्नुपर्ने हुन्छ । उक्त भ्यालुएसन पश्चात भने कम्पनीहरुको नाफा बढ्ने गरेको इतिहास छ ।

जगेडा कोष
जगेडा कोष एउटा यस्तो सूचक हो, जसको कोषको आकार जति बढी हुन्छ, त्यतिनै कम्पनीहरुको जोखिम वहन क्षमता बलियो भएको मानिन्छ । साथै, लगानीकर्ताको साइडबाट हेर्दा पनि यो एकदमै महत्वपूर्ण वित्तीय सूचक हो । यो सूचकको आधारमा पनि नेशनल लाइफ इन्स्योरेन्स नै अगाडि देखिएको छ । २०७९ असारसम्ममा कम्पनीको उक्त कोषमा ६६ करोड ७१ लाख रुपैयाँ सञ्चित देखिन्छ ।
त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको जगेडा कोषमा ६१ करोड ५५ लाख रुपैयाँ सञ्चित छ । त्यसैगरी, एशियन लाइफको जगेडा कोषको आकार ५८ करोड ३६ लाख र नेपाल लाइफको २८ करोड ८३ लाख रहेको उनीहरुकै वित्तिय विवरणबाट प्रस्टै भएको छ ।

नेपाल लाइफ इन्स्येरेन्सले एक वर्षमा ३५ अर्ब ३८ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् भने नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यता एशियन लाइफ इन्स्योरेन्सले गत वर्षमा ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ भन्दा फरक पर्दैन ।

प्रिमियम वृद्धिदर
बीमा कम्पनीहरुले बिजनेश गरे बापत आम्दानी हुने अर्थात वर्षभरीमा बिक्री गरेको बीमालेखमार्फत आर्जन हुने रकमलाई प्रिमियम अर्थात बीमाशुल्क भनिन्छ । अघिल्लो वर्षको तुलनामा नेशनल लाइफको प्रिमियम वृद्धिद्धर उच्च छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्षमा १७.८८ प्रतिशतले प्रिमियम बढाएको छ । जबकी एशियन लाइफको १७.१९ प्रतिशत, नेपाल लाइफको ९.४४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रिमियम ६.४० प्रतिशतले बढेको भेटिएको छ ।
तर रकमको आधारमा भने नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनभन्दा कम छ । नेपाल लाइफ इन्स्येरेन्सले एक वर्षमा ३५ अर्ब ३८ करोड रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १८ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् भने नेशनल लाइफले १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यता एशियन लाइफ इन्स्योरेन्सले गत वर्षमा ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्न सफल भएको छ भन्दा फरक पर्दैन ।

कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा पनि लगानी गर्ने अभ्यास छ । यी चार कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी अर्थात १०.१३ प्रतिशत प्रतिसेयर आम्दानी छ । त्यसपछि एशियन लाइफको ६.६७ प्रतिशत प्रतिसेयर आम्दानी रहेको छ । तर नेपाल लाइफ र लाइफ इन्स्योरेन्स भने यो सूचकमा नोक्सानमा देखिएका छन् ।

प्रतिसेयर आम्दानी (ईपीएस)
लगानीकर्तालाई प्रतिफल दिने आधारलाई प्रतिसेयर आम्दानी भनिन्छ । यसको आम्दानी जसको बढी छ सो कम्पनी तुलनात्मक रुपमा राम्रो मानिन्छ । साथै, कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ भन्ने आधारमा पनि लगानी गर्ने अभ्यास छ । यी चार कम्पनीमध्ये नेशनल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी अर्थात १०.१३ प्रतिशत प्रतिसेयर आम्दानी छ । त्यसपछि एशियन लाइफको ६.६७ प्रतिशत प्रतिसेयर आम्दानी रहेको छ । तर नेपाल लाइफ र लाइफ इन्स्योरेन्स भने यो सूचकमा नोक्सानमा देखिएका छन् । नेपाल लाइफको प्रतिसेयर आम्दानी ४.३ प्रतिशत र लाइफ इन्स्योरेन्स ३.३ प्रतिशत ऋणात्मक रहेको देखिन्छ । हेक्का होस् ।

नेशनल लाइफले हालै सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार कम्पनीले आफ्ना बीमितहरुलाई प्रतिहजार न्यूनतम ६५ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको देखिन्छ । त्यसपछि सबैभन्दा बढी नेपाल लाइफका बीमितले पाउने भएका छन् । सो कम्पनीका बीमितले प्रतिहजार न्यूनतम ५६ देखि अधिकतम ८२ रुपैयाँ पाउने छन् ।

बोनसदर
बीमा गरेका बीमितिहरुलाई कम्पनीले दिने बोनसदर एक प्रमुख सूचक हो । प्राय जो कोहिले बीमा गर्दा कम्पनीले दिने गरेको बोनसदरलाई नै आधार मानेर बीमा गर्ने गरेको जानकारहरुकै दाबी छ । बोनसदरको आधारमा नेशनल, नेपाल, लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सलाई हेर्दा सबैभन्दा बढी बोनसदर नेशनलले दिएको भेटिएको छ । नेशनल लाइफले हालै सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार कम्पनीले आफ्ना बीमितहरुलाई प्रतिहजार न्यूनतम ६५ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको देखिन्छ । त्यसपछि सबैभन्दा बढी नेपाल लाइफका बीमितले पाउने भएका छन् । सो कम्पनीका बीमितले प्रतिहजार न्यूनतम ५६ देखि अधिकतम ८२ रुपैयाँ पाउने छन् । त्यस्तै, एलआईसीले न्यूनतम ५४ देखि अधिकत ७० रुपैयाँ र एशियन लाइफले आफ्ना बीमितलाई प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७५ रुपैयाँ बोनसदर दिने भएको देखिन्छ ।

समीक्षा अवधिमा नेशनल लाइफले खाटा बापत ८३ लाख ५४ हजार रुपैयाँ मात्रै छुट्टाएको देखिन्छ । सबैभन्दा बढी नेपाल लाइफले ७७ करोड ८० करोड रुपैयाँ छुट्टाएको छ । यो राम्रो मानिदैन । त्यस्तै, नेशनल लाइफले २९ करोड ५९ लाख र एशियन लाइफले ११ करोड ५८ लाख रुपैयाँ उक्त शीर्षकमा छुट्याएको उनीहरुकै वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

प्रोभिजनमा को अगाडी
सामान्यतः कुनै पनि कम्पनीको प्राभिजन नभएको राम्रो मानिन्छ । यदि छ भने पनि सबैभन्दा कम जसको छ त्यो राम्रो मानिन्छ । यो सूचकको आधारमा यी चार कम्पनीलाई दाँजेर हेर्दा नेशनल लाइफले सबैभन्दा कम रकम छुट्टाएको छ । यो कम्पनीको सबैभन्दा राम्रो पक्ष मानिन्छ । हेक्का होस् । समीक्षा अवधिमा नेशनल लाइफले खाटा बापत ८३ लाख ५४ हजार रुपैयाँ मात्रै छुट्टाएको देखिन्छ । सबैभन्दा बढी नेपाल लाइफले ७७ करोड ८० करोड रुपैयाँ छुट्टाएको छ । यो राम्रो मानिदैन । त्यस्तै, नेशनल लाइफले २९ करोड ५९ लाख र एशियन लाइफले ११ करोड ५८ लाख रुपैयाँ उक्त शीर्षकमा छुट्याएको उनीहरुकै वित्तिय विवरणमा उल्लेख गरिएको छ । भन्दा फरक पर्दैन । सबै कुरामा यी चार कम्पनीको वित्तिय विवरण अध्ययन र विश्लेषण गरि बीमा लेख गर्दा विमितलाई थप फाइदा हुने कुरामा दुई मत देखिदैन । सचेत भया ।

2405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका