जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो, खराब कर्जा घट्दा इपीएस र आरओईमा बढोत्तरी

एभरेष्ट बैंकले सबैभन्दा आकर्षक लाभांश क्षमता बनायो, खराब कर्जा घट्दा इपीएस र आरओईमा बढोत्तरी

 एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ ।  

बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो। 

अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटे पनि प्रतिकूल समयका बाबजुद बैंकले सन्तोषजनक प्रगति नै गरेको देखिन्छ । यो कम्पनीको अघिल्लो वर्षको यही अवधिसम्मको लाभांश क्षमता ३८.४२ प्रतिशत रहेको थियो ।  

कुल ११ अर्ब ७६ करोड चुक्तापूँजी रहेको बैंकले चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म भने ४ अर्ब ११ करोड यस्तो नाफा आर्जन भएको थियो ।  

समीक्षा अवधिमा बैंकको खूद नाफा बढेर ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष खूद नाफा ३ अर्ब ३६ करोडमा सीमित थियो ।  

अघिल्लो वर्ष ४ अर्ब ८१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ५ अर्ब ६० करोड पुगेको छ भने ७ अर्ब ४१ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ७ अर्ब ६६ करोडको उचाईमा पुगेको छ ।  

विषम परिस्थितिका बाबजुद बैंकले खराब कर्जा घटाउने सफलता पाएको छ । फलस्वरुप अघिल्लो वर्ष ०.७९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर यो वर्ष ०.७१ प्रतिशतमा सीमित बनेको छ ।  

अघिल्लो वर्ष १३.३१ प्रतिशत रहेको रिटर्न अन इक्वीटी(आरओई) बढेर १३.३२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ केही घटी २३६.०६ रुपैयाँ तथा प्रतिसेयर आम्दानी  ३१.४३ रुपैयाँबाट बढेर ३१.४५ रुपैयाँ पुगेको छ ।  

2620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका