जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्रियस्तरका ७ विकास बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा, खराब कर्जा भने बढ्यो

राष्ट्रियस्तरका ७ विकास बैंक लाभांश वितरण गर्न सक्ने अवस्थामा, खराब कर्जा भने बढ्यो

राष्ट्रियस्तरका विकास बैंकहरुको नाफामा सुधार देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रियस्तरका विकास बैंकहरुले ५ अर्ब ५५ करोड खुद नाफा आर्जन गरेका छन्। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.३९ प्रतिशत बढी हो।

आर्थिक वर्ष २०७९/०८० मा बैंकहरुले ५ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

साउन मसान्तभित्र गरेको ब्याज आम्दानीलाई गत आवको नाफामा गणना गर्न पाउँदा खुद ब्याज आम्दानी बढेर कर्जा नोक्सानी घट्दा नाफामा सुधार देखिएको हो।

आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरुले २० अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। अघिल्लो वर्ष बैंकहरुले १९ अर्ब ४३ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए।

साथै, विकास बैंकहरुको खराब कर्जा उच्च दरले वृद्धि भएको छ। आर्थिक गतिविधिमा आएको सुस्ततासँगै कर्जा असुली प्रभावित हुँदा खराब कर्जा बढेको हो।

आर्थिक वर्ष २०७९/०८० मा २.५९ प्रतिशत रहेको औसत खराब कर्जा बढेर ३.५९ प्रतिशत पुगेको छ। ८ वटै बैंकको खराब कर्जा बढेको छ। महालक्ष्मी विकास बैंकको खराब कर्जा सबैभन्दा धेरै ४.५८ प्रतिशत र मुक्तिनाथ विकास बैंकको सबैभन्दा कम २.२६ प्रतिशत छ।

८ मध्ये ७ विकास बैंकले लाभांश वितरण गर्न सक्ने देखिएको छ। ज्योति विकास बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक छ।

कामना सेवा विकास बैंकको लाभांश क्षमता सबैभन्दा उच्च १०.९१ प्रतिशत देखिएको छ। सबैभन्दा कम लाभांश क्षमता महालक्ष्मी विकास बैंकको छ। यो बैंकले सेयरधनीलाई ४.२५ प्रतिशतसम्म लाभांश क्षमता दिन सक्ने देखिन्छ।

2060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका