जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकको निक्षेप ३ खर्ब कट्यो

एनआईसी एशिया बैंकको निक्षेप ३ खर्ब कट्यो

एनआईसी एशिया बैंकले निक्षेप ३ खर्ब कटाउने रेकर्ड राखेको छ ।

बैंकले बैशाख मसान्तसम्ममा निक्षेप ३ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको हो । एक महिनाको अवधीमा बैंकको निक्षेप ९ अर्बले बढाएर ३ खर्ब ४ अर्ब पुर्याएको हो ।

बैंकले चालु आर्थिक वर्षको १० महिनामा निक्षेप मात्र ९३ अर्ब ५१ करोड रुपैयाँले बढाएको छ । एनआईसी एशिया बैंकले १० महिनामा बढाएको निक्षेप कतिपय बैंकले अहिलेसम्म पनि पुर्याउन सकेका छैनन् ।

कर्जामा पनि एनआईसी एशिया सबैभन्दा अगाडि छ । एनआईसी एशियाले २ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा दिएको छ । चालु आर्थिक वर्षको १० महिनामा ९३ अर्ब रुपैयाँले कर्जा बढाएको छ ।

वाणिज्य बैंकहरुको निक्षेप बैशाखको अन्तिमसम्ममा ३६ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ । एक महिना अगाडि चैत मसान्तमा ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप पुर्याएका छन् । बैंकहरुले पछिल्लो १० महिनामा मात्र ४ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् ।

यस्तै कर्जा ३६ खर्ब १० अर्ब पुगेको छ । चैत मसान्तमा ३५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा थियो । पछिल्लो १० महिनामा कर्जा ६ खर्ब ६८ अर्ब रुपैयाँले बढेको छ ।

5260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका