जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • विद्युत् प्राधिकरणले कमायो ८७ अर्ब रुपैयाँ, जोड्यो ६ खर्बको सम्पति

विद्युत् प्राधिकरणले कमायो ८७ अर्ब रुपैयाँ, जोड्यो ६ खर्बको सम्पति

नेपाल विद्युत् प्राधिकरणले एक आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकाल सम्हालेको तीन वर्ष वितेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०७२र७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता पछाडि फर्केर हेर्नु परेको छैन। आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफ कमाउँदै  गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। 

आफ्नो कार्यकाल अन्तर्गत पछिल्लो ८ वर्षमा प्राधिकरणले ३५ रुपैयाँ सञ्चित नोक्सानीलाई पूर्ति गरि गत आर्थिक वर्षको सञ्चित नाफा ४७ अर्ब पुर्याएको पनि उनले बताए। 

उनका अनुसार यो ८ वर्षमा प्राधिकरणले कुल ८७ अर्ब रुपैयाँ आर्जन गरेको छ। त्यस्तै ८ वर्षअघि २ खर्ब सम्पति रहेकोमा अहिले ६ खर्ब ३२ अर्ब पुगेको छ।

2955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका