जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एकाघर परिवारको बीमा गर्न लगाइएको प्रतिबन्ध हट्यो

एकाघर परिवारको बीमा गर्न लगाइएको प्रतिबन्ध हट्यो

नेपाल बीमा प्राधिकरणले आफ्ना एकाघर परिवारका सदस्यमाथि बीमा गर्न रोक लगाएको प्रावधान खारेज गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले संस्थागत सुशासन निर्देशनमा पहिलो संशोधन गर्दै उक्त प्रावधान खारेज गरेको हो। पेशागत बीमा अभिकर्ता संघका प्रतिनिधिहरुले यसअघि पटक पटक बीमा प्राधिकरणलाई एकाघर परिवारका सदस्यको बीमामा रोक लगाउने प्रावधानले जीवन बीमाको विस्तारमा अवरोध खडा गर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

प्राधिकरणले यसअघि बीमा अभिकर्ताले आफू अभिकर्ता भएर एकाघर परिवारका सदस्यको जीवन वा कुनै पनि सम्पत्ती वा दायीत्वको बीमा गर्न नपाउने प्रावधान लागू गरेको थियो । सरोकारवालासँगको सल्लाह बिना नै प्राधिकरणले यस्तो प्रावधान ल्याएपछि तत्कालिन समयमा पनि पेशागत अभिकर्ता संघले विरोध गरेको थियो।

प्राधिकरणले संस्थाको सुशासन सम्बन्धी निर्देशिका २०८० मार्फत् अभिकर्ता (एजेन्ट) ले एकाघर परिवारको बीमा गर्न नपाउने व्यवस्था गरेको थियो ।

यसअघि प्राधिकरणले बीमा बजारलाई थप पारदर्शी र अनुशाशित बनाउने क्रममा एकपछि अर्को गर्दै विभिन्न किसिमका नीति नियममा परिवर्तन तथा संशोधन गरिरहेको छ।

2210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका