जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • एनसीसी बैंक र दराज बिच सम्झौता

एनसीसी बैंक र दराज बिच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङ बिच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।  बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १ हजार सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ सय सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन अनुरोध गरिन्छ ।यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । 

6565
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका