जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • मौद्रिक नीति लचिलो आउँदा आर्थिक क्षेत्र चलायमान : डेपुटी गभर्नर

मौद्रिक नीति लचिलो आउँदा आर्थिक क्षेत्र चलायमान : डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीति लचिलो बनाएको कारण अहिले बजारमा केहिमात्रा भएपनि आर्थिक चलायमान भएको बताएका छन् ।

आइतबार नाडा अटो शोमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले बजारमा अर्थतन्त्रका केहि नियामक कानूनबाट केहि थोरै आर्थिक चलायमान भएको बताएका हुन् ।

उनले नियामकका हिसाबले गरेका केहि व्यवस्थाले अटो व्यवसाय र पूँजीबजारमा सकारात्मक प्रभाव देखिएको भन्दै  अहिले विद्युतीय सवारी(ईभी) मा २० प्रतिशत र आन्तरिक दहन इन्जिन(आईसीई) मा ४० प्रतिशत डाउनपेमेन्टको व्यवस्था रहेको बताए । राष्ट्र बैंकले अहिले वातावरणका हिसाबले पनि ईभीलाई प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो भएको बताए । ‘ईभीको उपभोग वृद्धिले अहिलेका लागि राजस्व घटाएको होला तर दीर्घकालमा पेट्रोलियम आयात घट्ने अवस्था आउँछ’ पौड्यालले भने, ‘संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई आत्मसात गरिरहँदा जुन खालको उपभोग प्रवृत्ति देखिएको छ, जुन सिफ्ट देखिएको छ, यो धेरै राम्रो हो ।’

कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले आफनो धारणा राख्दै नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा नाडाले सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए । 

उनले सरकारले मुख्यतः करमार्फत आईसीई र ईभी बीच चर्को विभेद गरेको आरोप लगाए ।

त्यसैगरी, सो अन्तरक्रिया कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केशी, नेपाल विमक संघका महासचिव अशोक कुमार खडकाले उक्त विषयमा आ आफ्ना धारणा राखेका थिए ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका