जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रिलायबल नेपाल लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

रिलायबल नेपाल लाइफले ब्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ब्यतित बीमालेखमा शत प्रतिशत ब्याज छुट दिने भएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कम्पनीले यस्तो व्यवस्था गरेको हो । यस सुविधा असोज ६ देखि असोज ३१ गतेसम्म मात्र लागू हुनेछ ।

उक्त अवधिमा पुनर्जागरण गराउने बिमितहरुलाई लाग्ने ब्याजमा शत प्रतिशत १०० प्रतिशत छुट पाउने भएका छन् । २ बर्ष अगाढि देखि व्यतित भएका बीमालेख लापेष्ड पोलिसीको पूनर्जागरण रिभाइबल गर्दा ब्याज छुट उपलब्ध गराइने भएको हो । बीमालेख पूनर्जागरण हुँदा बीमालेख अन्तर्गतको सम्पूर्ण सुविधा उपलब्ध हने देखि लिएर बीमालेख अन्तर्गतको सबै जोखिम बहन सुविधा पुनः शुरु हने प्रवधान छ ।

बीमालेख पूनर्जागरण गरेपछि बीमाशुल्क तिर्न बाँकी रहेको अवधिको समेत बोनश रकम बीमालेखको भुक्तानी प्राप्त गर्ने समयमा पाइने व्यवस्था छ । यस सम्बन्धी थप जानकारीको लागि अभिकर्ता वा नजिकको शाखा तथा उप–शाखा कार्यालयमा सम्पर्क गरी बुझन आग्रह गरेको छ ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका