कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राजश्व सचिव घिमिरेलाई सञ्चय कोषको अध्यक्षमा नियुक्त गरेको हो ।
यसैगरी, कोषको रिक्त रहेको सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ