जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • बीमा त्याग्ने बिमितको संख्या बढ्दो : साउनमा १ अर्ब माथिको बीमालेख सरेन्डर

बीमा त्याग्ने बिमितको संख्या बढ्दो : साउनमा १ अर्ब माथिको बीमालेख सरेन्डर

साउनमा १ अर्ब रकम माथिको बीमालेख सरेन्डर भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुबाट १ अर्ब रकम माथिको बीमालेख सरेन्डर भएका हुन्।

बीमा प्राधिकरणका अनुसार बिमितले सिमित अवधिका लागि खरिद गरेको बीमालेख बीचमै त्याग्न सक्ने व्यवस्था छ। आवश्यक कारण देखाइ बीमा बापतको तीन किस्ता रकम बुझाएको खण्डमा बिमितले बीमालेख सरेन्डर गर्न सक्छन्।

बिमितले किस्ता तिर्न नसक्ने अवस्था खुलाएर आवेदन दिएमा तीन किस्ताबापतको रकम आएपछि बीमा कम्पनीहरुले बीमालेख सरेन्डर गराउँछन्। यसरी साउन महिनामा बीमालाई बीचमै त्याग्ने बिमितको संख्या बढेको हो ।

साउन महिनामा कुल १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ बराबरको बीमालेख बिमितले त्यागेका हुन्। यो महिना सबैभन्दा धेरै एलआईसी (लाइफ इन्स्योरेन्स कर्पोरेसन) को बीमालेख सरेन्डर भएका छन्।

व्यवसायका आधारमा अगाडि रहेको यो कम्पनीको जारी बीमालेख संख्या पनि अरुभन्दा बढी छ। यो कम्पनीको साउन महिनामा ५१ करोड ३४ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएका छ।

योबाहेक नेपाल लाइफ इन्स्योरेन्सको ४८ करोड ४१ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएको छ। योबाहेक राष्ट्रिय जीवन बीमा कम्पनीको ७ करोड ८७ लाख, नेशनल लाइफ इन्स्योरेन्सको ६ करोड ३८लाख, मेट लाइफको ४ करोड ४९ लाख, एशियन लाइफको १३ करोड ५५ लाख रुपैयाँबराबरको बिमा सरेन्डर भएको छ।

प्राधिकरणका अनुसार सबैभन्दा थोरै बिमा सरेन्डर सन नेपाल लाइफ इन्स्योरेन्सको छ। सन् २०१७ मा स्थापना भई सञ्चालनमा आएको यस कम्पनीको साउन महिनामा ५७ लाख रुपैयाँबराबरको बीमालेख सरेन्डर भएको छ।

बीमा कम्पनीहरुका लागि सरेन्डर संख्या बढ्नु राम्रो मानिँदैन। बीचमै बिमालेख त्याग्दा बिमा कम्पनीहरुले थप आर्थिक भार व्यहोर्नुपर्छ। सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीमध्ये सबैभन्दा ठूलो एलआईसीको सबैभन्दा धेरै बिमालेख त्याग भएको हो भने सबैभन्दा कान्छो कम्पनी सन नेपाल लाइफको सबैभन्दा थोरै बिमालेख सरेन्डर भएको छ।

यीबाहेकका आईएमई लाइफ इन्स्योरेन्सको २ करोड, रिलायबल नेपाल लाइफको १ करोड २१ लाख, सिटिजन लाइफको १ करोड ५९ लाख,सूर्यज्योति लाइफको ५ करोड ८५ लाख, सानिमा लाइफको २ करोड ६६ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएका हुन्। हिमालयन लाइफ र प्रभु महालक्ष्मी लाइफको भने क्रमशः ७ करोड ७ लाख र १ करोड ५ लाख रुपैयाँबराबरको बिमालेख सरेन्डर भएका हुन्।

80
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका