जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • विधान संशोधनका लागि उद्योग वाणिज्य महासंघले बोलायो विशेष साधारणसभा 

विधान संशोधनका लागि उद्योग वाणिज्य महासंघले बोलायो विशेष साधारणसभा 

निजी क्षेत्रको  अगुवा छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर २५ गते विशेष साधारण सभा बोलाएको छ । महासंघको विधान संशोधनका लागि बुधबार बसेको कार्यसमिति बैठकले आगामी मंसिर २५ मा विशेष साधारणसभा बोलाएको हो ।

महासंघको यसअघि बसेको कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गर्ने निर्णय गरेको थियो । सो बैठकले हालका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ पछिको एक कार्यकालका लागि पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन हुने र त्यसपछि अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनेगरी सर्वसम्मतिले विधान संशोधन गरेको थियो ।

महासंघले विद्यान संशोधनबाट गर्न खोजेको उपाएको प्रयास अनुसार वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् । त्यसपछिको एक कार्यकाल पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन गरिने र अर्कोपटकपछि मात्र प्रत्यक्ष निर्वाचित अध्यक्ष चयन गरिने बताइएको छ ।

महासंघले उक्त प्रस्तावलाई पारित गर्न विशेष साधारणसभामा पेश गर्नेछ ।महासंघले हाल सो विधानको मस्यौदालाई अध्ययनका लागि आफ्ना जिल्ला नगर वस्तुगत एसोसिएट सदस्यलाई अध्ययनका लागि पठाएको छ । 

महासंघले आफु अन्तरगतका सदस्यहरुबाट राय लिएर यस मस्यौदालाई  विशेष साधारण सभाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

यसअघि महासंघको विद्यान संशोधन समितिले पारित गरेको व्यवस्था अनुसार एउटै व्यक्ति दुईपटकसम्म महासंघको अध्यक्ष उठ्न पाउने उल्लेख छ । यसैगरी, महासंघको कार्यकाल पनि तीन वर्षको यथावत राखिएको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका