जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • बाढीले बगाएकालाई बचाउने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो एक लाख नगद

बाढीले बगाएकालाई बचाउने तामाङलाई महालक्ष्मी विकास बैंकले दियो एक लाख नगद

असोज ११ गते देखी परेको अविरल वर्षा सँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।

असोज १३ गते बैंकको केन्द«ीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चणिकलाल तामाङले जोखिमका बीच देखाएकोअदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङ्गलाई १ लाख नगद सहित सम्मान गरिएको हो । यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका