जोडिनुहोस
आइतवार, अशोज २०, २०८१
आइतवार, अशोज २०, २०८१
  • होमपेज
  • सातै प्रदेशमा पुग्यो स्ट्याण्डर्ड चार्टर्ड बैंक

सातै प्रदेशमा पुग्यो स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड सातै प्रदेशमा पुगेकाे छ ।

शनिबार कर्णाली प्रदेशकाे वीरेन्द्रनगर र आइतबार सुदूरपश्चिमकाे धनगढीमा एकैसाथ दुईवटा नयाँ शाखाकाे उद्घाटन भएकाे हाे ।

उक्त शाखा कार्यालयसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सातैवटा प्रदेशमा बिस्तार भएकाे छ ।

नेपाल राष्ट्र बैंककाे एकीकृत निर्देशनअनुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा शाखा कार्यालय खाेल्नुपर्ने हुन्छ ।

दुवै शाखाकाे उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भर्चुअल रूपमा गरेका थिए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ शाखा कार्यालयहरूकाे स्थापनाले वीरेन्द्रनगर र धनगढीकाे आर्थिक विकासका लागि थप अवसर सिर्जना गर्ने विश्वास लिएकाे छ ।

नेपालमा एक मात्र अन्तराष्ट्रिय बैंककाे रूपमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न सेवा प्रदान गर्दै आइरहेकाे छ ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका