जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • दशैंमा दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँ : राष्ट्र बैंक

दशैंमा दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग गरौँ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सुझाव दिएको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो सुझाव दिएको हो। यसका साथै दशैंका बेला बैंक नोटको जतन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

सफा र सुकिला नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ। सफा तथा सुकिला नोटको प्रयोगले लेनदेनमा सहजता हुनुका साथै किटाणुद्वारा स्वास्थ्यमा हुने जोखिमसमेत न्यूनीकरण गर्न सकिने राष्ट्र बैंकको भनाइ छ। ‘नोटहरु जतन गरी प्रयोग गरेमा नोटको आयु लम्बिन गई नोट छपाइको आर्थिक भारसमेत कम हुन्छ’, राष्ट्र बैंकले भनेको छ, ‘नोट हाम्रो सभ्यताको पहिचान पनि भएकोले यसलाई जतनसाथ प्रयोग गर्नु हामी सबैको कर्तव्य हो।’

दशैंमा देवीको प्रसादका रुपमा टीका, जमरासँगै दक्षिणाका लागि नोट प्रयोग गर्दा त्यस्ता नोटमा जल, चन्दन, अक्षता, अबिर आदि नलाग्ने गरी होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। ‘दसैँ हर्षोल्लासका साथ मनाउँदै गर्दा नोटको जतनका साथ प्रयोग गर्न नभुलौँ र दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरौँ’, राष्ट्र बैंकले भनेको छ।

110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका