जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • के रवि लामिछाने सहकारी काण्डमा पक्राउ पर्न लागेका हुन् ?

के रवि लामिछाने सहकारी काण्डमा पक्राउ पर्न लागेका हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेत र महान्यायाधिवक्ता रमेश वडाल सहभागी थिए ।

बैठकको मुख्य विषय थियो शान्ति प्रक्रियाका बाँकी कामहरुलाई अगाडि बढाउने । त्यसमा तीन दलहरुको सहमति पनि भयो । यससँगै प्रधानमन्त्री केपी ओलीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले ९९ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन कार्यान्वयनको प्रसंग पनि बैठकमा निकाले । उक्त प्रतिवेदन कार्यान्वयनमा गृह प्रशासनको महत्वपूर्ण भूमिका हुन्छ ।

प्रतिवेदन कार्यान्वयनका विषयमा सरकारले आवश्यक काम गरिरहेको पनि छ । हाल उक्त प्रतिवेदन कार्यान्वयनको विषय आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा तरंग पैदा भयो । तीन दलको बैठक सकिएपछि नै बैठकमा सहभागी एक शीर्ष नेता प्रचण्डले शुक्रबार बिहान प्रतिपक्षी दलहरुको बैठक आह्वान गरेका थिए । जहाँ उनले रवि लामिछाने पक्राउ पर्नसक्ने प्रतिक्रिया दिए । लामिछानेलाई पक्राउ गर्ने विषयमा सरकारको तयारीबारे प्रचण्डले प्रतिपक्षी दलहरुको बैठकमा बताए ।

जहाँ लामिछाने स्वयं पनि उपस्थित भएर आफूलाई साथ दिन याचना पनि मागे । तर प्रमुख प्रतिपक्षी दल तथा सहभागी अन्य दलका नेताहरुको खासै प्रतिक्रिया जनाएनन् । लामिछाने भने बैठकमा धेरै बेर नबसेर हिँडिहाले । बैठकमा पुग्नुअघि नै लामिछाने त्रसित बनिसकेको आभाष भएको बैठकमा सहभागी एक नेताको बुझाइ छ ।

प्रतिपक्षी दलहरुको बैठक लगत्तै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले रास्वपाका सभापति पक्राउको विषयमा भने, ‘यो विषयमा हाम्रो स्पष्ट कुरा छ । टिआरसी सम्बन्धी विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा प्रचण्डले त्यो विषय स्पष्ट रुपमा राख्नुभएको थियो । यस्ता प्रकृतिका समस्याबारे छलफल हुँदा कानुनी प्रक्रियाबाट अगाडि बढ्ने विषयमा कसैको अवरोध हुँदैन ।’

यसैको श्रृंखलाको रुपमा शुक्रबार रास्वपाका नेताहरुले पार्टी कार्यालय बनस्थलीमा सबै सदस्यहरुलाई उपस्थित हुन आह्वान गरेका छन् । शुक्रबार साँझसम्म रास्वपाको कार्यालयमा रास्वपाका नेता तथा कार्यकर्ताहरु उपस्थित भएका छन् ।

उनीहरुको भेला हुनुभन्दा पहिलेदेखि नै राजनीतिक वृत्तमा एउटा अपुष्ट खबर के फैलिरहेको छ भने-‘रवि लामिछाने पक्राउ पर्दैछन् ।’ त्यसो त यस्तो खबर पहिलो पटक पनि आएको हैन । यसअघि असोज ६ गते पनि लामिछाने पक्राउ पर्ने हल्ला फैलिएपछि रास्वपाका नेताहरु राति नै पार्टी कार्यालयमा भेला भएका थिए । यतिसम्म कि चीन भ्रमणमा गएका रास्वपाका नेताहरु समेत भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
रवि लामिछाने पक्राउ

छुटाउनु भयो कि?