जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • माछापुच्छ्रे सहकारीबाट बचतकर्ताको ८ करोड ठगी, अध्यक्षसहित १०९ जना विरुद्ध मुद्दा दर्ता

माछापुच्छ्रे सहकारीबाट बचतकर्ताको ८ करोड ठगी, अध्यक्षसहित १०९ जना विरुद्ध मुद्दा दर्ता

बचतकर्ताको करिब ८ करोड बचत अपचलन गरेको आरोपमा विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित १०९ जना विरुद्ध मुद्धा ठगी दर्ता भएको छ ।

बिहीबार प्रहरीले संस्थाका अध्यक्ष विराटनगर–१० का ५५ बर्षिय अमलेश कर्णसहित सहकारीका पदाधिकारी, संचालक समितिका सदस्य, ऋण उपसमितिका संयोजक र सदस्य गरी २१ जना र ८८ जना ऋणीलाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमामा मुद्धा दर्ता गरेको हो ।

कर्जा लिएर नतिरेपछि उनीहरुलाई पनि कसुरदार बनाएर अभियोग दर्ता गरिएको प्रहरीले जनाएको छ । गत भदौमा १०३ जना बचतकर्ताले अध्यक्ष कर्णसहित सञ्चालक समितिका सदस्य विरुद्ध ‘सहकारी ठगी’ मा उजुरी दिएपछि मोरङ प्रहरीले कर्णलाई पक्राउ गरेको थियो ।

प्रहरीले सहकारी अध्यक्षसहित पदाधिकारी विरुद्ध विहीवार ठगी मुद्धा दर्ता गरेपनि अधिकाँश पदाधिकारी र ठगीमा संलग्न आरोपी फरार छन । फरार रहनेमा सञ्चालक समिति उपाध्यक्ष सनातन कुमार मण्डल, लेखा समितिको सदस्य हालको सञ्चालक समिति सचिव उत्तम ढुंगेल, कोषाध्यक्ष सोमी भगत, सञ्चालक समितिका सदस्य तिर्थ प्रसाद यादव, श्यामराज कोइराला, लेखा समिति संयोजक तथा बजार प्रतिनिधि गोपाल प्रसाद ढकाल, लेखा समिति सदस्य संजय कुमार कर्ण रहेका छन् ।

त्यसैगरी लेखा समिति निर्मला चौधरी, ऋण उप–समितिको सदस्य पंकज कुमार बर्मा फरार रहेको प्रहरीले जनाएको छ । त्यस्तै सदस्यहरु अमित कार्की, बिजय कुमार कर्ण, इन्द्रेश कुमार कर्ण, कोषाध्यक्ष राधादेवी लिम्बु, ऋण उप–समिति सदस्य दिलिप कुमार साह, कार्यसमिति उपाध्यक्ष विनोद महत, सदस्य सूर्य कुमार साह, लेखा समिति सदस्य भिमप्रसाद सिंह र कार्यसमितिबाट ऋण उप–समिति सदस्य रहेका राजु गुप्ता फरार छन् ।

उनीहरुले सहकारीको ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार फरार मध्ये अधिकांश आरोपी सत्ता गठबन्धन दल कांग्रेस र एमालेबाट संरक्षीत छन् ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
रवि लामिछाने पक्राउ