जोडिनुहोस
शनिबार, कार्तिक १०, २०८१
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • नेपाल फाइनान्सको सेयर महँगोमा किनेका लगानीकर्ता निराश, सबै सूचक देखिए नाजुक

नेपाल फाइनान्सको सेयर महँगोमा किनेका लगानीकर्ता निराश, सबै सूचक देखिए नाजुक

सेयर मूल्य अस्वाभाविकरुपमा बढाएर प्रति कित्ता २६१४ रुपैयाँसम्म पुर्‍याइएको नेपाल फाइनान्सको वित्तीय अवस्था नाजुक देखिएको छ। फाइनान्स चालु आर्थिक वर्ष पहिलो त्रैमासमा २ करोड ४० लाख रुपैयाँ नोक्सानीमा गएको छ। कम्पनी पोहोर पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ घाटामा थियो। चालु वर्षमा फाइनान्सको नोक्सानी झनै बढेको हो।

गत असार मध्यपछि सेयर बजार निरन्तर उकालो लाग्दा नेपाल फाइनान्सको भाउ डेढ महिनामै तीन गुणासम्म वृद्धि भएको थियो।

अहिले बजार घट्दा कम्पनीको सेयर मूल्य १३२० रुपैयाँमा झरेको छ। यो सेयर मूल्य कम्पनीको वित्तीय अवस्था धेरै हो।

वित्तीय विवरण अनुसार फाइनान्सको वितरणयोग्य मुनाफा २५ करोड ७ लाख रुपैयाँ ऋणात्मक छ। वितरणयोग्य मुनाफा ऋणात्मक भएपछि कम्पनीले लाभांश बाँड्न सक्दैन।

खराब कर्जा १०.३६ प्रतिशत छ। प्रति सेयर आम्दानी ३.२९ रुपैयाँ ऋणात्मक छ भने नेटवर्थ १३५.८६ रुपैयाँ छ। फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ छ।

25
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका