जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

सिटिजन्स बैंकका दुई जना संस्थापकले आफ्नो सेयर स्वामित्व घटाएका छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष तारा विष्ट र दिग्विजय विष्टले आफ्नो सेयर स्वामित्व घटाएका हुन् ।

बैंकका अनुसार गत असारसम्म दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४७ लाख ९६ हजार रुपैयाँ र तारा विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४३ लाख ५१ हजार रुपैयाँ सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष तारा विष्टको १.६५ प्रतिशत अर्थात् २३ करोड ४३ लाख ५१ हजार रुपैयाँ, र दिग्विजय विष्टको १.३० प्रतिशत अर्थात् १८ करोड ४६ लाख ८६ हजार रुपैयाँ सेयर स्वामित्व थियो ।

यस्तै, संस्थापक रमेश शर्माले बैंकमा आफ्नो स्वामित्व बढाएका छन् । उनको १.०२ प्रतिशत अर्थात् १४ करोड ५१ लाख १ हजार रुपैयाँ सेयर स्वामित्व छ । अघिल्लो वर्ष शर्माको १.०१ प्रतिशत अर्थात् १४ करोड ३९ लाख ८८ हजार रुपैयाँ स्वामित्व थियो ।

सिटिजन्स बैंकमा ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व रहेका २६ व्यक्ति तथा कम्पनीको २७.२३ प्रतिशत अर्थात् ३ अर्ब ८६ करोड ६३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर लगानी छ । बैंकमा सबैभन्दा धेरै नागरिक लगानी कोषको ३.३५ प्रतिशत अर्थात् ४७ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

यस्तै, उर्मिला पाण्डेको ३.३० प्रतिशत अर्थात् ४६ करोड ९२ लाख ६८ हजार रुपैयाँ, बिजेन्द्र जोशीको १.५९ प्रतिशत अर्थात् २२ करोड ५३ लाख ६५ हजार रुपैयाँ, मनोहर दास मूलको १.३७ प्रतिशत अर्थात् १९ करोड ४६ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ ।

यस्तै, पवित्रकुमार कार्कीको १.२८ प्रतिशत अर्थात् १८ करोड १९ लाख ५४ हजार रुपैयाँ, रविन्द्र मान सिंह प्रधानको १.२८ प्रतिशत अर्थात् १८ करोड १३ लाख ७६ हजार रुपैयाँ, सावित्री शर्माको १.१८ प्रतिशत अर्थात् १६ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ ।

यस्तै, सोनी जोशीको ०.९४ प्रतिशत अर्थात् १३ करोड ३२ लाख २९ हजार रुपैयाँ, अर्जुन प्रसाद शर्माको ०.८४ प्रतिशत अर्थात् ११ करोड ९९ लाख २९ हजार रुपैयाँ, जगन्नाथ ज्ञवाली ०.७३ प्रतिशत अर्थात १० करोड ३९ करोड २४ हजार रुपैयाँ र डा.शंकर प्रसाद शर्माको ०.७३ प्रतिशत अर्थात् १० करोड २९ लाख ७८ हजार रुपैयाँ, विष्णु प्रसाद पोखरेलको ०.७१ प्रतिशत अर्थात् १० करोड १ लाख ९६ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, सुलोचन राजभण्डारीको ०.६८ प्रतिशत अर्थात् ९ करोड ६७ लाख ३४ हजार रुपैयाँ, नरेन्द्र कुमार देव भट्टको ०.५९ प्रतिशत अर्थात् ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ, प्रमिला नेपालको ०.५६ प्रतिशत अर्थात् ७ करोड ८८ लाख ६३ हजार रुपैयाँ, रमिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६८ लाख ७९ हजार रुपैयाँ र मनिता भट्टराईको ०.५४ प्रतिशत अर्थात् ७ करोड ६७ लाख ३७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, प्रतापजंग पाण्डेको ०.५२ प्रतिशत अर्थात् ७ करोड ४३ लाख ३१ हजार रुपैयाँ, राजेश खड्काको ०.५१ प्रतिशत अर्थात् ७ करोड २५ लाख ५१ हजार रुपैयाँ, राम प्रसाद श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ७ करोड १८ लाख २७ हजार रुपैयाँ, प्रेम बहादुर श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ७ करोड १८ लाख २५ हजार रुपैयाँ, एस.आर. हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को ०.५० प्रतिशत अर्थात् ७ करोड १५ लाख ८३ हजार रुपैयाँ र अनिल कुमार ढुङ्गेलको ०.५० प्रतिशत अर्थात् ७ करोड १० लाख ७७ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै