जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • सुनको मूल्य पुनः बढ्न थाल्यो

सुनको मूल्य पुनः बढ्न थाल्यो

अमेरिकी राष्ट्रपतिको रुपमा डोनल्ड ट्रम्पको पुनरागमनसँगै मध्यपूर्वमा जारी युद्ध रोकिने र त्यसले लगानीका अन्य क्षेत्र चम्किने आँकलनसहित सुन होल्ड गरेर बसेकाहरुले आक्रामक बिक्रीमा राख्दा ह्वात्तै घटेको सुनको भाउ शुक्रबार पुनः बढेको छ । हिजो(बिहीबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा अघिल्लो दिनको तुलनामा ४ हजारले गिरावट आई १ लाख ६४ हजार ५०० मा सीमित बन्न पुगेको थियो ।

बिहीबार कायम भएको मूल्यको तुलनामा शुक्रबार भने प्रतितोलामा रु. २००० को बढोत्तरी भई १ लाख ६६ हजार ५०० मूल्य कायम भएको छ । नेपाली बजारमा कात्तिक १५ गते सुनको भाउ अलटाईम हाई अर्थात प्रतितोला १ लाख ७१ हजारको उचाईमा पुगेको थियो । त्यसपछि निरन्तर घटिरहेको सुनको भाउ शुक्रबार भने पुनः २ हजार प्रतितोलामा बढ्न पुगेको हो ।

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । बिहीबार अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँ सस्तो बनेको सुनको भाउ शुक्रबार भने बिहीबारको तुलनामा प्रतितोलामा २० रुपैयाँले बढेर १९८० पुगेको छ ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका